खाेज्नुहाेस

कञ्चनपुरमा फरार दुई प्रतिवादी पक्राउ

Image

कञ्चनपुर – फैसला कार्यान्वयनका क्रममा प्रहरीले कञ्चनपुरबाट फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएर फरार रहेका पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय कृष्णबहादुर घिमिरे र भीमदत्त नगरपालिका–१० सुकासालका २२ वर्षीय हरी भाटलाई प्रहरीले पक्राउ गरेको हो।

attariya hospital

बैंकिङ कसुर मुद्दामा घिमिरेलाई १ महिना कैद र ६४ हजार ३ सय ५० रुपैयाँ जरिवाना तोकिएको थियो। यस्तै, अभद्र व्यवहार मुद्दामा भाटलाई ६ दिन कैद सजाय तोकिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो।