कञ्चनपुर – कञ्चनपुरमा नेपालबाट भारततर्फ भन्सार छली गरी लैजाँदै गरेका अन्दाजी ७० हजार रुपैयाँ मूल्य बराबरका बाख्रा प्रहरीले बरामद गरेको छ।

भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट बुधबार दिउँसो भारततर्फ लैजाँदै गरेका बाख्रा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद बाख्रा आवश्यक प्रक्रिया पूरा गरी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ।

















