खाेज्नुहाेस

दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुलको क्षतिबारे प्राविधिक अध्ययन सुरु

Image

कञ्चनपुर – दोधारा चाँदनी झोलुङ्गे पुलमा भएको क्षतिबारे सरकारले प्राविधिक अध्ययन सुरु गरिएको छ । आज बिहान झोलुङ्गे पुलको एउटा स्पान र बीचको टावर ढलेर पुल चुँडिएपछि सरकारले त्यसको प्राविधिक अध्ययन सुरु गरिएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले आज बिहान क्षतिग्रस्त पुलको निरीक्षण गर्दै पुल कसरी क्षतिग्रस्त भयो भन्नेबारे प्राविधिक अध्ययन अगाडि बढाइएको बताए ।

attariya hospital
navjiwan hospital

प्रजिअ कोइरालाका अनुसार आज बिहानै पुल ‘डिसब्यालेन्स’ भएको सूचना पाएलगत्तै सुरक्षाकर्मी परिचालन गरी तत्काल आवतजावत बन्द गरिएको थियो । बिहान करिब आठ बजेतिर पुलको एउटा भाग नै नदीमा खसेको थियो ।

कोइरालाका अनुसार पुलको क्षतिको प्राविधिक कारण पहिचान गर्न सुदूरपश्चिम प्रदेशको यातायात मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयको प्राविधिक टोली बोलाइएको छ । उक्त टोलीले स्थलगत निरीक्षण गरी पुल कसरी क्षतिग्रस्त भयो भन्ने प्राविधिक विश्लेषण गर्ने छ ।

प्राविधिक टोलीको अध्ययनपछि मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ । प्रदेश सरकारको क्षेत्राधिकार र क्षमताभित्रबाट समस्या समाधान गर्न सकिने भए प्रदेशबाटै काम अघि बढाउने र प्रदेशबाट समाधान हुन नसक्ने देखिए संघीय सरकारसँग समन्वय गरिने उनले बताए ।

उनले पुलको अवस्था जोखिमपूर्ण रहेकाले सर्वसाधारणलाई पुल हेर्न वा भिडियो खिच्नका लागि समेत घटनास्थलमा नजान आग्रह गरेका छन् ।