कञ्चनपुर – कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका ३ लाख ४२ हजार रुपैयाँभन्दा बढीका सामान बरामद गरेको छ।

सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका पेय पदार्थ, चिनी, मिश्री, खाद्यान्न, जिरा, हरियो मटर, सरप तथा किराना सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामानको अन्दाजी मूल्य ३ लाख ४२ हजार १५ रुपैयाँ रहेको छ। आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।















