खाेज्नुहाेस

प्रतिभा पुस्तकालयमा आधारभुत पुस्तकालय तालिम सञ्चालन हुने

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको प्रतिभा पुस्तकालयमा आधारभुत पुस्तकालय तालिम सञ्चालन हुने भएको छ । यही वैशाख ५ गतेदेखी प्रतिभा पुस्तकालयको आयोजनामा तालिम सञ्चालन हुने भएको हो ।

navjiwan hospital

नेपाल पुस्तकालय संघको संयोजनमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालय र केसर पुस्तकालयको सहकार्य तथा गोदावरी नगरपालिकाको सहयोगमा तालिम सञ्चालन हुन लागेको प्रतिभा पुस्तकालयका अध्यक्ष भूपेश जोशीले जानकारी दिए । उनले वैशाख ५ गतेदेखी ९ गतेसम्म गरी ५ दिन तालिम सञ्चालन हुने बताए । उनका अनुसार पुस्तकालयमा कार्यरत जनशक्तिको पुस्तकालय सम्बन्धि क्षमता बिकास गर्ने उद्देश्यले तालीमको आयोजना गर्न लागिएको हो ।

attariya hospital

तालिमलाई व्यवस्थीत र भव्य बनाउनका लागि विभिन्न तीन वटा उपसमितिहरु गठन गरिएको उनले बताए । उनका अनुसार अतिथी स्वागत एवम् सम्मानमा नरेन्द्र राज शर्मा, भोजन तथा आवासमा धर्म सिं कुँवर र कार्यक्रम व्यवस्थापनमा हेमन्त राज जोशी (बाजे) लाई जिम्मेवारी दिईएको छ ।

तालिममा सुदुरपश्चिम प्रदेशका बिभिन्न पुस्तकालयका ग्रन्थपाल र क्याम्पस पुस्तकालयमा कार्यरत कर्मचारी गरि ४० जनाको सहभागीता रहने पुस्तकालयका सहसचिव हेमन्त राज जोशी (बाजे) ले जानकारी दिए । तालिमको सहजीकरण केशर पुस्तकालय काठमाडौका प्रमुख यादव निरौला र नेपाल पुस्तकालय संघका महासचिव राजेन्द्र पाण्डेले गर्ने उनले बताए । कार्यक्रममा प्रतिभा सामुदायिक पुस्तकालयद्वारा बार्सिक रूपमा प्रकाशन गर्दै आईरहेको प्रतिभा स्मारिका अंक –६ बिमोचन गरिने उनले बताए ।