खाेज्नुहाेस

कैलालीमा चालकका कारण धेरै दुर्घटना

Image

अत्तरिया – कैलालीमा एक महिनाको अवधिमा ७५ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको चैत महिनाको प्रगति विवरण अनुसार सो अवधिमा ७५ दुर्घटना भएका छन् ।

navjiwan hospital

जसमा प्रहरीले ६६ वटा दुर्घटना चालकको कारणले भएको विश्लेषण गरेको छ । यस्तै सवारी साधनको कारण १ वटा, यात्रुको कारण ६ वटा र चौपायाको कारण २ वटा सवारी दुर्घटना भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायक उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाद्धारा जारी प्रगति विवरणमा उल्लेख छ ।

attariya hospital

उक्त दुर्घटनामा ९५ सवारी साधन संलग्न रहेकोमा ११ जनाले ज्यान गुमाएका छन् भने १०४ जना घाइते भएका छन् । दुर्घटनामा ११५ जनाको प्रहरीले उद्धार गरेको जनाएको छ ।
एक महिनाको अवधिमा १ हजार ३३३ सवारी कारवाहीमा परेकोमा ११ लाख २ हजार ५ सय राजश्व सङ्कलन गरेको प्रगति विवरणमा उल्लेख छ ।

प्रहरीले एक महिनाको अवधिमा राजश्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा ५२ लाख ४३ हजार ३२० रुपैयाँ बराबरको सामान र २ जना मानिस पक्राउ गरेको जनाएको छ ।