खाेज्नुहाेस

कैलालीमा एक महिनामा २८ जनाले गुमाए ज्यान

Image

अत्तरिया – कैलालीमा एक महिनाको अवधिमा २८ जनाले आत्महत्या गरेर ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै सो महिनामा २५ जनाले झुन्डिएर र ३ जनाले विष सेवन गरेर ज्यान गुमाएको जनाएको छ ।

navjiwan hospital

ज्यान गुमाउनेमा पुरुषको सङ्ख्या बढी रहेको छ । सो अवधिमा १४ जना पुरुष १० महिला १ बालक र ३ बालिकाले आत्महत्या गरेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायक उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले बताए ।

attariya hospital

ज्यान गुमाउनेमा १० देखि २० वर्ष उमेर समूहका ६ जना, २१ देखि ३० वर्ष उमेर समूहका ११ जना, ३१ देखि ४० वर्ष उमेर समूहका ६, ४१ देखि ५० वर्ष उमेर समूहका १ र ५० भन्दा माथिका ४ जना रहेका छन् ।