टीकापुर – कैलालीको टीकापुरबाट चोरी मुद्दामा डेढ वर्ष कैद तोकिएका एक युवक पक्राउ परेका छन ।

जिल्ला अदालत कैलालीले २०८१ पुस २२ गते नकबजनी चोरी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका – १ का २९ वर्षीय प्रदिप कुमार भण्डारी पक्राउ परेका हुन ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार उनको घरबाट पक्राउ गरेको हो ।















