खाेज्नुहाेस

‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

Image

धनगढी – धनगढी जेसिजले आयोजना गर्दै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन गरिएको छ । हरेक वर्ष बैशाख १ गते आयोजना गरिँदै आएको उक्त हाफ म्याराथन यस वर्ष भने बैशाख १८ गते आयोजना गर्ने निर्णय गरिएको हो ।

navjiwan hospital

आइतबार धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय गरेको हो । यस ‘धनगढी दौडीन्छ’ भन्ने मूल नारासहित आयोजना गरिने हाफ म्याराथनको मुल संयोजकका रूपमा दिपेश बोहरालाई चयन गरिएको छ ।

attariya hospital

आयोजकका अनुसार तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन मिति परिवर्तन गरिएको हो । कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।