खाेज्नुहाेस

खप्तड विद्या निकेतनले मनायो दिक्षान्त समारोह

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ३ मा रहेको खप्तड विद्या निकेतनले दिक्षान्त समारोह आयोजना गरेको छ । विद्यालयले सोमबार दिक्षान्त समारोह आयोजना गरेको हो ।

navjiwan hospital

समारोहमा विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखी कक्षा ९ सम्मका उत्तिर्ण विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । कार्यक्रममा विद्यार्थीसहित सम्पुर्ण अभिभावकहरुको सहभागिता समेत रहेको थियो ।

attariya hospital

विद्यालयका प्रिन्सिपल श्याम बहादुर खत्रीले विद्यार्थीले शैक्षिक सत्र २०८२ मा हासिल गरेको शैक्षिक उपलब्धीलाई फरक ढंगले प्रस्तुत गर्नका लागि दिक्षान्त समारोह आयोजना गरिएको बताए । उनले सो समारोहले विद्यार्थीहरुमा अध्ययन गर्नुपर्छ भन्ने भावना समेत जागृत गरेको बताए ।