खाेज्नुहाेस

६४ दलले बुझाए समानुपातिक उम्मेदवारको सूची

Image

काठमाडौं – समानुपातिक प्रणालीअन्तर्गत महिला र विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै ६४ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिक प्रयोजनका लागि दल दर्ता गराएका १ सय राजनीतिक दलमध्ये ६४ दलले मात्रै तोकिएको समयसीमाभित्र उम्मेदवारको बन्दसूची पेस गरे ।

navjiwan hospital

आयोगले आइतबार र सोमबार बन्दसूची बुझाउन निस्सा लिएका दललाई मंगलवार बिहानसम्म सूची बुझाउने समय दिएको थियो । सो अवधिमा ६४ दलले सूची बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

attariya hospital

आयोगका अनुसार ५४ वटा दल आफ्नै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्नेछन् भने १० वटा दल चारवटा चुनाव चिह्नमा संयुक्त रूपमा चुनावमा सहभागी हुनेछन् । त्यसै गरी समानुपातिकतर्फको मतपत्रमा जम्मा ५८ वटा चुनाव चिह्न रहनेछन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय १० सिट समानुपातिक र १ सय ६५ सिट प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । समानुपातिकतर्फ अधिकतम ११० सिटमै उम्मेदवारी दिने दलको संख्या १८ रहेको छ ।