डोटी – डोटीमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।


जिल्ला अदालत डोटीको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष ११ महिना १० दिन कैद सजाय तोकिएपछि फरार रहेका शिखर नगरपालिका–२ मुढेगाँउ बस्ने ४० वर्षीय लालबहादुर दास पक्राउ परेका हुन ।
सोमबार दासलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।












