बैतडी– बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

साेमबार दिउँसाे सिगास गाउँपालिका–२ धौलाडीका अन्दाजी ५६५७ बर्षीय कालुसिंह धामीको भीरबाट लडेर मृत्यु भएको हाे ।

बाख्रा चराउने क्रममा लुपडा काटे भन्ने भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष ठगेन्द्रसिंह ऐरले बताए । उनी भीरबाट लडेर झण्डै चार सय मिटर तल खसेका थिए ।

















