खाेज्नुहाेस

कञ्चनपुरमा भन्सार छली ल्याइएका एक लाख बढीका सामान बरामद

Image
file photo

कञ्चनपुर – कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।

navjiwan hospital

आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका अन्दाजी १ लाख १ हजार २ सय रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो।

attariya hospital

बरामद सामानमा पेय पदार्थ, मैदा, नमकिन, दाल, ओखर तथा विभिन्न किराना सामग्रीलगायत रहेका छन्। प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ।