खाेज्नुहाेस

भोटेकोशी बाढीपछि बेपत्ता बैतडीका ३ जना सम्पर्कमा, १० अझै सम्पर्कविहिन

Image

बैतडी – भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका बैतडीका १३ जनामध्ये ३ जना सम्पर्कमा आएका छन । बाढीपछि सम्पर्क विहिन भएका दशरथ चन्द नगरपालिका–२, देहीमाण्डौका प्रकाश बोहोरा, विशाल बोहोरा र डिलासैनी गाउँपालिकाका कृष्ण धामी सम्पर्कमा आएका छन । बाढीपहिरोपछि अझै १० जना बेपत्ता रहेको बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन ।

navjiwan hospital

उनले सम्पर्कविहीन भएकाको खोजी र उद्धारका लागि निरन्तर पहल भइरहेको बताइन । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार सम्पर्कविहीन हुनेमा दोगडाकेदार गाउँपालिका–२ घर भई प्रहरी चौकी रसुवागढीमा कार्यरत प्रहरी सहायक हवलदार हिक्मत महरा, पञ्चेश्वर गाउँपालिका–६, बिजुल घर भएर हाल रसुवा हाइड्रोपावरमा कार्यरत ४० वर्षीय देवबहादुर चन्द, सिगास गाउँपालिका–७ घर भई इलाका वन कार्यालय इलाममा कार्यरत २३ वर्षीय लक्ष्मण ऐर सम्पर्क विहिन छन ।

attariya hospital

त्यसै सम्पर्क विहिन हुनेमा सुर्नया गाउँपालिका–५, का केशव विष्ट, सुर्नया–६ का हरिश चन्द, डिलासैनी गाउँपालिका–७ का पूर्णसिंह धामी, सोही ठाउँका विशाल धामी र डिलासैनी–२, छेपट्टा घर भएर सशस्त्र प्रहरीको बिओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरी जवान विनीता बोहोराको रहेका छन ।