खाेज्नुहाेस

कञ्चनपुरमा खैरो हिरोइन र इस्पाससहित तीन जना पक्राउ

Image
file photo

कञ्चनपुर  – कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको से ६ प १५४९ नम्बरको मोटरसाइकलमा सवार कैलाली गोदावरी नगरपालिका–४ का २७ वर्षीय प्रभाष मल्ल र डोटी जोरायल गाउँपालिका–१ का २६ वर्षीय बिक्रम पातलीलाई आइतबार दिउँसो प्रहरीले शंका लागेर चेकजाँच गर्दा ६ ग्राम ५७० मिलिग्राम पदार्थ फेला परेको हो।

attariya hospital
navjiwan hospital

त्यस्तै, सोही स्थानबाट नियन्त्रित लागूऔषध इस्पास ४० ट्याब्लेटसहित कैलाली धनगढी उपमहानगरपालिका–१२ का २२ वर्षीय दिपक बहादुर चन्द पनि पक्राउ परेका छन्।

उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।