खाेज्नुहाेस

पुलबाट महाकाली नदीमा हाम फालेकी महिलाको उद्धार 

Image
अत्तरिया – कञ्चनपुर दोधार चाँदनी नगरपालिका १ स्थित पक्की पुलबाट महाकाली नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । सोमबार दिउँसो महाकालीमा हाम फालेकी दार्चुलाको लेकम गाउँपालिका – ६ की २१ वर्षीय सुस्मिता खत्री (बासु) को प्रहरीले उद्धार गरेको हो ।
navjiwan hospital
attariya hospital
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतका अनुसार उनको तत्काल उद्धार गरी दोधार चाँदनी अस्पतालमा ल्याइएको थियो । हाल उनलाई थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा रेफर गरिएको उनले बताए ।