सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्याल करिब ८ महिना (२०८३ असार २५ सम्म) मुख्यसचिव रहनेछन् ।