खाेज्नुहाेस

दुर्गा प्रसाईंलाई रिहाइ गर्न सर्वोच्चको आदेश

Image

काठमाडौँ – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश गरेको छ ।

सर्वोच्चले मंसिर ६ गते सरकार र प्रसाईं समर्थकका बीचमा शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने सहमति भएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन जारी हुने आदेश गरेको हो ।

attariya hospital
navjiwan hospital

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले रजिष्ट्रारको रोहबरमा कागज गराई छोरा निराजन प्रसाईंलाई जिम्मा लगाउन अदालतले भनेको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै पक्राउ गर्नुको कारणसहित उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रहरीले गत मंसिर १ गते प्रसाईंलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले प्रसाईंलाई भक्तपुरको ठिमीस्थित निवासबाट मध्यरातमा पक्राउ गरेको थियो ।