डोटी – जिल्ला अस्पताल डोटीमा कार्यरत चिकित्सक डाक्टर अरुण गुप्ताको निधन भएको छ । गुप्ताको काठमाडौंमा निधन भएको छ ।

मधुमेह र मुटुसम्बन्धी समस्याबाट पीडित रहेका उनको घरमै निधन भएको पारिवारीक श्रोतले जनाएको छ । । उनको निधनपछि स्वास्थ्यकर्मी, सेवाग्राही र स्थानीय समुदाय शोकाकुल बनेको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष यज्ञराज जोशीले बताए ।

डाक्टर गुप्ता लामो समयदेखि जिल्ला अस्पताल डोटीमा सेवा दिँदै आएका थिए । उनको निधनले डोटी जिल्ला अस्पतालले बिरामीप्रति समर्पित र इमानदार चिकित्सक गुमाएको पूर्वअध्यक्ष जोशीले बताए ।



















