खाेज्नुहाेस

मिराज ढुंगानाले गरे दल खोल्ने घोषणा, चुनावमा जान तीन बटमलाइन

Image

काठमाडौं – जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरूले राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताए ।

उनले भने, ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ । भिडले देश विकास हुँदैन, कि एनजिओ खोल्नुप¥यो कि पार्टी नै खोल्नुको विकल्प छैन । हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन ।’

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

उनले जेनजीहरुलाई एक ठाउँमा आउन आह्वान गरे । पार्टी खोले पनि आफूहरूको बटमलाइन पूरा नभएसम्म चुनावमा नजाने बताए ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो । त्यो मुद्दालाई सुन्नौं पर्छ । हामी चुनावमा जान भन्दा पनि सङ्गठित भएर अघि बढ्नको लागि पार्टी खोल्न लागेका हौँ ।’

उनले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था मिलाउनुपर्ने, भ्रष्टाचार अन्त्य गर्नको लागि नागरिक स्तरीय छानबिन समिति गठन गर्नुपर्ने पनि सर्त राखे ।