पूर्वसभामुख नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

सुन तस्करीको आरोपमा अनुसन्धानका लागि महरालाई घरबाटै नियन्त्रणमा लिइएको ब्यूरोका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीले जानकारी दिए ।



















