खाेज्नुहाेस

जापानले नेपाललाई दियो १३२ रनको लक्ष्य

Image
navjiwan hospital

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा जापानले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन जोडेको हो । जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले अर्धशतकीय इनिङकोे योगदान गरे । ४६ बलमा उनले सर्वाधिक ६० रन जोडे । त्यस्तै, ए रहमान २५ बलमा ३१ रन बनाएर आउट भएका थिए । उनीहरु दुई ब्याटर क्रिजमा टिक्दा नेपालका बलरहरुलाई टाउको दुखाइ बनेका थिए ।

attariya hospital