खाेज्नुहाेस

अब जेनजी आन्दोलन भए सक्कली नक्कली प्रहरी छुट्याउनै समस्या पर्ने

Image

काठमाण्डौं – जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाव दिइरहेका बेला अब आन्दोलन भएमा सक्कली नक्कली प्रहरी छुट्याउनै समस्या पर्ने सुरक्षकर्मीले ब्रिफिङ गरेका छन ।

प्रहरी प्रमुखसहितका वरिष्ठ अधिकारीहरु गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर प्रहरीका बर्दी पनि लुटिएको, हतियार पनि लुटिएको र हतियार चलाउन जान्ने जेलबाट भागेका पेशेबर अपराधी पनि बाहिरै भएकाले घुसपैठ हुन सक्ने ब्रिफिङ गरेका हुन ।

attariya hospital
navjiwan hospital

यस्ता व्यक्ति बर्दी लगाएर, प्रहरीका हतियार बोकेर प्रदर्शनमा छिरेर गोली चलाए भने सक्कलीले चलाएको हो किन नक्कलीले भनेर छुट्टाउन सक्ने अवस्था नहुने सुरक्षा अधिकारीले गृहमन्त्रीलाई बताएका थिए ।

गृहमन्त्री अर्यालले भने २३ गतेको आन्दोलन दमन गर्ने अधिकारीहरुविरुद्ध जाहेरी नलिएसम्म जेनजीको आक्रोशलाई मथ्थर पार्न नसकिने र आफूले भन्दैमा जेनजीले प्रदर्शन रोकिन नसक्ने बताएका थिए ।
तर प्रहरी अधिकारीहरुले विधि र प्रकृयाअनुसार जाहेरी प्रकृया हुनुपर्ने भन्दै त्यस्तो विधि गृहमन्त्रीले बनाइदिनुपर्ने बताएका थिए ।

जेन जी प्रदर्शनका क्रममा हराएका करिब १२ सय हतियार फेला परेका छैनन् । सो क्रममा प्रहरी पोशाक पनि लुटिएको थियो ।