खाेज्नुहाेस

शिक्षामा नैतिकताको खडेरी

Image

अर्जुन जंग रायमाझी – विश्व जगतलाई बुझने, अर्थाउने र जीवनलाई सोहि अनुरूप परिमार्जित गर्नुलाई शिक्षा भनिन्छ । शिक्षाको परिभाषा सापेक्षिक रुपमा एउटै रहेको पाइदैन । शिक्षा जीवन, जगत लाई बुझ्ने एउटा साधन हो ।

शिक्षालाई सामान्यतया २ भागमा वर्गीकरण गरी परिभाषित गर्दछन् – औपचारिक शिक्षा र अनौपचारिक शिक्षा । शिक्षाले एउटा अबोध, अज्ञानीलाई एक महान कालिदास, एउटा शक्तिशाली राजकुमार जसलाई साधारण तर महान मार्गदर्शकको रुपमा बदलिदिन्छ । शिक्षा जीवन प्रयन्त चलिरहन्छ । यो सिक्ने सिकाउने गतिविधि विश्वयापी चलिरहने फरक फरक गति र विधिमा दिने गरिन्छ ।

attariya hospital

हरेक सफलताको आधार स्तमभ नै शिक्षा हो । अब प्रश्न आउला, शिक्षा त्यस्तो साधन हो भने सबै जनाले किन सफलता प्राप्त गर्न सकेका छैनन् । यस प्रश्नको उत्तर खोज्दै जादा अन्तिममा एउटै कुरा आउँछ । नैतिक शैक्षा हो, नैतिक शिक्षानै जीवनको सार हो, सफलताको साधन हो र सन्तुष्टीमय जीवनको जड हो जसको महत्व, आवश्यकता, सन्दर्भमा संग जोडिएको हुन्छ ।

प्रविधि र सूचनाले अहिलेको समाजमा ठूलो कायापलट गरेको छ । प्रविधिको प्रयोगले असम्भव मानिएका र भनिएका सबै सम्भव बनाएको छ । समाज, राजनिती, विश्व परिवेशलाई विश्वव्यापी गाउँमा परिणत गरेको छ तर चेतनाको स्तरमा भने निराशाजनक स्थिति रहेको हो ।

पछिल्लो समयमा हाम्रो शिक्षा प्रणाली औपचारिक र अनौपचारिक भएता पनि यसमा नैतिकताको सुगन्ध हराउदै गएका छन् । फलस्वरूप समाजमा देखिएको विकृति र विसंगती लाई लिए सक्छ । ज्ञान, शिक्षालाई एउटा अङ्क र अक्षरमा मापन ग गर्नाले यसको खडेरी झन बढ्दै गएको छ ।

समानता, निष्पक्षता, दया, माया, समवेदना, विश्वास आदि सबै मानवीय व्यवहारबाट हराउदै गएको देखिन्छ । मानिसमा लोभ, लालच, घृणा, क्रोध, बदला, रिस, राग, अमानवीयता जस्ता कुराहरु बढ्दै गएको देखिनाले कसरी हाम्रो शिक्षामा नैतिक शिक्षाको खडेरी दिनप्रति दिन बढ्दै गएको कुरा पुष्टि हुन जान्छ ।
अज्ञानरूप जीवनलाई एउटा सभ्य, न्यायपूर्ण समृद्ध र प्रगतिशील बनाउनको लागि नैतिक शिक्षा अनुपम आधारशिला हो । शिक्षा केवल कोरा कागजमा लेखिने अक्षर नभई, ज्ञान, सीप, इमानदारीता सहानुभूति, जिम्मेवार, आपसी सम्मान जस्ता मानवसँग जोडिएको मूल्यहरूको विकास गर्नु पनि हो । तर वर्तमान नेपाली परिवेशमा शिक्षाको वास्तविक मौलिक उद्देश्य कमजोर बन्दै गएको सर्ववितिदै छ ।

शिक्षामा केवल कागजी रूपमा अक्षर, अङ र प्रतिशत साथै पेशागत उपलब्धिलाई मात्र महत्व दिउँदै जाँदा शिक्षामा नैतिकताको खडेरी स्पष्ट देखिन्छ । यस्तो अवस्थामा आगामी दिनहरुमा समेत दिर्घकालिन असर मानवीय समाजको लागि घातक सिद्ध हुन सक्दछ । शिक्षालाई भौतिक उपलब्धी संग तुलना गर्नु भनेको मानव समाजमा यसको नैतिक पतन शुरुवात भएको हो ।

प्रविधि र सूचनाले अहिलेको समाजमा ठूलो कायापलट गरेको छ । प्रविधिको प्रयोगले असम्भव मानिएका र भनिएका सबै सम्भव बनाएको छ । समाज, राजनिती, विश्व परिवेशलाई विश्वव्यापी गाउँमा परिणत गरेको छ तर चेतनाको स्तरमा भने निराशाजनक स्थिति रहेको हो ।

navjiwan hospital

विगत दशक देखि हेर्दै जादा शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । औपचारिक शिक्षालाई सामुदायिक, देखि संस्थागत विद्यालय वा भनौ कलेजस्तर सम्म संख्यामा तीव्र रुपमा बढेको पाइन्छ । जुन एक सराहनीय भएता पनि यससँगै केहि नकारात्मक पक्ष पनि देखा परेका छन् । विद्यार्थीको उपलब्धिलाई अङ्क र प्रतिशतमा मात्र सिमित राखेर प्रस्तिप्रधाको बजारमा होडबाजी गर्नु हाम्रो नैतिक संस्कृति र संस्कार पतन हुँदै गएको प्रष्ट हुन्छ । त्यसैले मानव जनशक्ति मानव नरहेर रोबर्ट जस्तै बन्ने तर्फ लागी रहेको देखिन्छ जुन सम्पूर्ण मानवको लागि घातक हुन सक्दछ ।

शिक्षालाई चार घेराभित्र सिमित गएर नक्कल, चोरी, बेइमान जस्ता नैतिक पतन गराउने खालका कुरालाई बाध्य गराउनु कतै हामी सबै अनैतिकताको बाटो तर्फ लागेको त होइन ? यो गम्भिर विषय हो विद्यालय तहमा नैतिक शिक्षा र मूल्यहरू लाई स्थान नदिँदा हामीले एकपछि अर्को अमानवीय घटना घट्नु यसको नकारात्मक परिणाम हो ।

शिक्षक जसलाई भगवानको दर्जामा राखेर प्सम्मान गरिन्थ्यो, पूजा गरिन्थ्यो आज उहाँहरु स्वयम् नैतिकताको चुनौतीमा पर्नुले हाम्रो शिक्षा संकटमा परेको छ । शिक्षा जस्तो पवित्र क्षेत्रलाई व्यापारीकरण गर्ने, निजी ट्युशन कक्षा, राजनीतिकरण गर्ने, राजनीतिक हस्तक्षेप भागबण्डा लगायत भ्रष्ट्रचार जस्ता अभ्यासतर्फ अघि बढिरहेका छन् ।

शिक्षा जस्तो पवित्र मन्दिरमा नैतिकताविहिनको बाहुल्यता बढ्नु एक नकारात्मक – घटनाको संकेत हो । हाम्रो शिक्षालयहरू जेल घरजस्तै बन्दै गएका छन् । बच्चाले के सिक्यो ? के परिवर्तन आयो, के योगदान गर्न वा गर्नेछ विषयतर्फ जोड दिनु भन्दा कति प्रतिशत प्राप्त गर्यो, कुन संस्थाबाट पास भयो भन्ने कुराले प्रभाव पारेको देखिन्छ । जसले ठूलो असर सामाजिकीकरणमा परेकाे छ ।

विश्वव्यापी रुपमा आएको परिवर्तन संग संगै हाम्रा बाबुनानीहरुमा पनि बढी अवसरबादी र विलासी जीवनशैलीले पनि अनैतिक र महत्ताकांक्षी गतिविधिमा संलग्नमा हुँदै गएको तितो यथार्थ समाजले भोग्दा आएको देखिन् । जसले अनैतिकता, असमानता, भ्रष्ट्रचार, हिंसा, अहंकार जस्ता गतिविधिले मानवलाई पतनको बाटो तर्फ लगिएको देखिन्छ । त्यतिमात्र नभएर आधुनिकताको नाममा आफ्नै संस्कृति, रीतिरिवाज, संस्कार, मूल्यमान्यता माथि ठाडो प्रहार गरी अझ नैतिकता बिर्साएको छ । असभ्य भाषा, अहंकार, घमण्ड, क्रोध, लोभ, अवसरबादी आदि सबै नैतिकताको अभावमा देखा परेका मानवहरूका अवगुणहरु हुन ।

त्यसोभए, समाधान के हो त ? यसको समाधानको लागि एकल व्यक्ति, परिवार, समाज, समुदाय, राजनैतिक दल, सघसंस्था सबैको हातेमाले गराउन अनिवार्य हुन्छ । यसको शुरुवात अभिभावक बाट अनुशासन, करुणा, जस्ता गुण दिनसक्नु पर्दछ । यस्तै गरी परिवार, समाज र विद्यालयले शैक्षिक ज्ञान सँगै नैतिक निर्णय क्षमता, भावनात्मक बुद्धिमता, सामाजिक उत्तरदायित्व, परिश्रम जस्ता गुणहरू जुन हरेक व्यक्तिको सफलता, सम्पन्नता र सकारात्मक जीवन संग जोडिनु नै यो खडेरीलाई कम गर्न सक्दछ ।

लेखक : अर्जुन जंग रायमाझी

(ठेगाना : कावासोती–१७ , गोर्सती , नवलपुर

पेशा : माध्यमिक तह अंग्रेजी विषय शिक्षक

हालै काठमान्डौ विश्व विधालय मा एम. फिल.)