अत्तरिया – डाक्टर गोविन्द केसीले गेटा स्थिति दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सत्याग्रहमा बसेका छ्न ।
उनी गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमताको अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने लगायतका माग राख्दै सत्याग्रहमा बसेका हुन ।

उनले सरकारसँग बारम्बार सम्झौता भएता पनि इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्न र निर्माण सम्पन्न भएको पाँच वर्ष बितिसक्दा पनि कैलालीको गेटामा शैक्षिक कार्यक्रम तथा अस्पतालसेवा संचालन कुनै प्रधानमन्त्रीको प्राथमिकतामा नपरेको बताए ।

यसअघि २०८० मंसिर २९ गते २३ अनसन बस्न आएका केसीले गेटामा प्रतिष्ठान हुनुपर्ने माग गरेपछि सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिले फर्काएको थियो ।
भिडियो


सम्बन्धित समाचार : गेटामा गोविन्द केसीले सुरु गरेको सत्याग्रहप्रति सङ्घर्ष समितिले जनायो ऐक्यबद्धता


















