धनगढी – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी असारमा कैलालीको गेटा स्थित सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालयमा एमबिबिएस पढाइ संचालन गरिने बताएका छन । उनले चाँडै ३ सय वेडको अस्पताल संचालन गरि पढाइ सञ्चालन हुने बताए ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणका लागि बुधबार कैलाली पुगेका मन्त्री पौडेलले नेपाली काँग्रेस कैलालीले धनगढीमा आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रममा वोल्दै गेटाका सन्दर्भमा स्वास्थ्य मन्त्रालयले आफुले गर्ने सबै काम गरेको बताए । उनले ३०० वेडको अस्पताल संचालन पछि शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरिने बताए ।

मन्त्री पौडेलले गेटामा बनेका भवनहरु शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई प्रयोग गर्न नदिएका कारण पनि छिटो संचालनमा समस्या देखिएको गुनासो गरे । उनले समग्र सरकारका संरचना भए पनि शिक्षा मन्त्रालयले प्रयोग गर्न नदिएको गुनासो गरे ।
स्थलगत हेर्दा धेरै जानकारी हुन्छ भनेर गेटामा हेर्न खोजेको तर नाराबाजी बिरोध के का लागि हो बुझ्न नसकेको मन्त्री पौडेलको भनाई छ । उनले रातो कितावमा नै बजेट बिनियोजन गरेका कारण बिरोधको कुनै अर्थ नरहेको बताए । पौडेलले कसैले बिरोध गरेपनि आफू बिचलित नभई गेटालाई छिटो भन्दा छिटो सञ्चालन गर्न लागिपरेको बताए ।

















