बाजुरा – बाजुराको बडिमालिका मन्दिरमा पूजा गरेर फर्कने क्रममा लडेर मृत्यु भएका दुई जनाको शव भिरबाट निकालिएको छ । साउन २२ र २३ गते लडेर बडीमालिका क्षेत्रको विष्णुपानी भिरमा अड्किएको शव शनिबार भिरबाट निकालिएको हो ।

भिरमा लडेर काठमाडौंको गोकणेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझा र बर्दियाको ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको मृत्यु भएको थियो ।

दुवै जनाको शव नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली तथा स्थानीयहरूको सहयोगमा भिरबाट निकालिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।
उनीहरुको शव आइतबार त्रिवेणी नगरपालिका–७ नाटेश्वरी मन्दिर क्षेत्रसम्म बोकेर नेपाली सेनाको हेलिकप्टबाट सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।


















