बाजुरा – नेपाली सेनाको ईश्वरीबक्स गुल्म बाजुराद्वारा बडीमालिकामा लागेको मेलामा निःशुल्क स्वास्थ्य साहयता तथा शिविर सञ्चालनबाट ५ सय बढीको उपचार गरिएको छ । ईश्वरीबक्स गुल्मका गुल्मपती कृष्ण तिमिल्सिनाले ३ जना बिरामीलाई नेपाली सेनाले उद्धार गरी घर पठाएको छ ।



त्रिवेणी र बडीमालिका मन्दिर परिसरमा गरी ३ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गुल्मपति तिमिल्सिनाले बताएका छन् । ईश्वरीबक्स गुल्म बाजुराको आयोजनामा बडीमालिकामा लाग्ने मेलाको अवसरमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएकोमा ३ जना सिकिस्त बिरामीको उपचारपश्चात् घर पठाएको ईश्वरीबक्स गुल्म बाजुराका गुल्मपती सेनानी तिमिल्सेनाले बताए । हरेक वर्ष जनैपुर्णिमा अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीको दिन मेला लाग्ने गर्दछ ।
गुल्मपती तिमिल्सिनाका अनुसार यस वर्ष करिब ५ हजार भक्तजनहरू बडीमालिका पुगेका छन् ।

उच्च स्थानमा रहेको बडीमालिका क्षेत्रमा लेक लाग्ने अक्सिजनको मात्र कम हुने भएकोले यस्ता बिरामीहरूको आकस्मिक उपचारका लागि नेपाली सेनाको ईस्वरीबक्स गुल्म बाजुराले स्वास्थ्य शिविर सञ्चालन गरी उपचार गरिएको गुल्मका गुल्मपती तिमिल्सेनाले बताए । अक्सिजन सहितको स्वास्थ्य शिविर सँगै नेपाली सेनाको हेलिकोप्टर समेत स्टयानवाई राखेको छ ।
















