खाेज्नुहाेस

भ्रम सृजना नगरौँ

Image

कैलालीको अत्तरिया क्षेत्रमा रहेको साढे १७ हेक्टर जग्गाको भोगाधिकार विषयमा नेपाली सेना र अन्य सरकारी निकायबीच विवाद हुँदै आएको छ । अत्तरिया बसपार्क, बस्ती तथा लामिताल क्षेत्र आफ्नो भोगाधिकारमा रहेको दाबी गर्दै आएको सेनाले हाल ती संरचना बाहिर राखी तारबार गरिरहेको छ ।

navjiwan hospital

सेनाले केही वर्ष यता बसपार्क निर्माणमा अवरोध गर्दै आएको र बस्ती हटाउने चेतावनीसम्म दिएको अवस्थामा हाल ती क्षेत्र छोडेर बाँकी रहेको भागमा तारबार गर्नु आफैंमा एक सकारात्मक पक्ष हो । यद्यपि, ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मालाखेतीको पछाडिको भागमा विवाद कायम नै रहेको छ ।

attariya hospital

यस्तैमा, केही सामाजिक सञ्जाल र अन्य माध्यमहरूबाट सेनाले पूर्वनिर्धारित क्षेत्रभन्दा बाहिर तारबार गरिरहेको भन्ने भ्रामक प्रचार भइरहेको पाइन्छ । वास्तविकतामा भने सेनाले बसपार्क, लामिताल क्षेत्र र करिब ६१ घरधुरी क्षेत्र छोडेर घेराबार गरिरहेको छ, जुन विगतदेखि नै विवादको मूल विषय थिए । अझ रोचक कुरा त के भने सेनाले ई–बिडिङ प्रक्रिया मार्फत टेन्डर गरेर पूर्वघोषित क्षेत्रभित्र मात्रै तारबार गरिरहेको प्रमाणित भइसकेको छ ।

त्यसकारण, अबको आवश्यक दिशा भनेको सुल्झिँदै गएको विवादलाई फेरि बल्झ्याउनु नभई समाधानतर्फ उन्मुख हुनु हो । जानीजानी भ्रम फैलाउने, जनतालाई उत्तेजित पार्ने र विवाद बढाउने प्रयास निन्दनीय मात्र नभई गैरजिम्मेवार पनि हुन्छ । संवेदनशील विषयमा संयमता, पारदर्शिता र तथ्यमा आधारित धारणा अपरिहार्य हुन्छ । सरोकारवालासँग भएका संवाद, सहमति र निर्णयहरूको सम्मान गर्दै समाधानमा केन्द्रित रहनु सबैको दायित्व हो । त्यसैले भ्रम सृजना गरी वास्तविकतामा रहेर जनतलाई यथास्थितिको सूचना प्रवाह गर्नु नै उपयुक्त ठहरिन्छ ।