खाेज्नुहाेस

कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

navjiwan hospital

शुक्रबार साँझ बेदकोट नगरपालिका–१० त्रिपुरा मन्दिर नजिकै लुप्र ०३–००१ प २८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक शुक्लाफाँटा नगरपालिका–१० का ३८ वर्षीय ललित राज जोशीको मृत्यु भएको हो ।

attariya hospital

दुर्घटनामा गम्भिर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।