कञ्चनपुर — भारतबाट घर फर्किरहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान गठ्डाचौकी नाकामा एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो ।

हेल्थ डेस्कका इन्चार्ज विशाल भट्टका अनुसार भारत उत्तराखण्डको हल्द्वानीबाट आएका ५६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनमा ज्वरोको लक्षण देखिएपछि परीक्षण गरिएको थियो ।


संक्रमण पुष्टि भएपछि उनलाई महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनको अवस्था सामान्य हुँदै गएको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. अर्जुन भट्टले बताए ।
बुधबार गड्डाचौकी नाकामा ५ जनाको कोरोना परीक्षण गरिएको थियो ।