खाेज्नुहाेस

आर्यघाट परिवर्तनको प्रयास

Image

कैलालीको गोदावरी नगरपालिकामा रहेको गोदावरी आर्यघाटमा विभिन्न स्थानबाट शवहरू ल्याउने गरिन्छ । यहाँ गोदावरी क्षेत्रका मात्रै नभई छिमेकी पालिकाहरू र सुदूरपश्चिमका पहाडी जिल्लाहरूबाट समेत शव दाहसंस्कारका लागि ल्याउने गरिन्छ । गोदावरी नदी छेउमा रहेकाले यसलाई धार्मिक रूपमा पवित्र मान्ने कारणले पनि दाहसंस्कारका लागि विभिन्न स्थानबाट शवहरू ल्याइने गरिएको आम बुझाई छ ।

यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण पनि महत्त्वपूर्ण मानिन्छ । यति महत्त्वपूर्ण स्थलमा लामो समयदेखि आर्यघाटको व्यवस्थापन अभावमा स्थानीयवासी र आगन्तुकहरू कठिनाइ भोग्दै आएका थिए । यिनै समस्या समाधान गर्न सुरु गरिएको आधुनिक आर्यघाट निर्माण कार्यलाई सकारात्मक र स्वागतयोग्य पहलका रूपमा बुझ्न सकिन्छ ।

add everest academy
attariya hospital
navjiwan hospital

पुरानो आर्यघाटकै स्थानमा ७ वटा शव दाहसंस्कार स्थल निर्माण हुदैछन्, जसमा पहिलो पटक अटोमेटिक फल्सिङ सिस्टमको प्रयोग गरिँदैछ । गोदावरी नदीमा बारम्बार पानी नहुने समस्याले शव दाहसंस्कारलाई असर पार्दै आएको छ । त्यसको दीर्घकालीन समाधानका लागि ३ लाख लिटर क्षमताको पानी ट्याङ्की पनि निर्माण भइरहेको छ, जसबाट शव जलाउने स्थानमा सिधा पाइपमार्फत पानी प्रवाह गरी सफा गर्न सकिनेछ । साथै, चिहानबाट निस्कने फोहोर पनि अटोमेटिक प्रवाह प्रणालीबाट सिधै खोलामा बगाइने व्यवस्था गरिँदैछ । यसले सरसफाइलाई सहज बनाउनुका साथै वातावरण संरक्षणमा पनि योगदान पु¥याउनेछ ।

नेपाल सरकारको पर्यटन मन्त्रालयमार्फत निर्माण भइरहेको यो आर्यघाट जगदम्बा भवानी जेभीले २ करोड १० लाख रुपैयाँमा निर्माण गर्दै छ । २०८१ साल वैशाख ३ गते सम्झौता भई २०८२ साल असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

यस योजनाको प्रशंसनीय पक्ष भनेको स्थानीय निकायको अग्रसरता हो । गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले आर्यघाट व्यवस्थापनलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर संघ सरकारसँग समन्वय गरी परियोजना अघि बढाएका छन् । साथै, आर्यघाटमा पुग्ने सडक पूर्वाधार निर्माण भइसकेको छ र शव दाहसंस्कार गर्ने स्थान मात्र नभई नुहाउने धारा, पानीको सहज पहुँचजस्ता सहायक संरचना पनि समावेश गरिएको छ ।
स्थानीय वासीहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै यो योजना अघि बढाउनु आफैँमा एक प्रेरणादायी उदाहरण हो, जहाँ जनचाहना, सरकारी सहयोग र प्रविधिको प्रयोग एकसाथ मिलेको छ । यसले आर्यघाट व्यवस्थापनमा नयाँ ढोका खोल्नुका साथै छिमेकी पालिकाहरूलाई समेत उदाहरणीय पाठ सिकाउनेछ ।

attariya technical collage

यद्यपि, यो योजना सफल बनाउनको लागि निर्माणपछिको सञ्चालन, व्यवस्थापन र समन्वय पनि उत्तिकै महत्वपूर्ण हुनेछन् । नगरपालिकाले कार्यविधि निर्माण गरेर सञ्चालनको स्पष्ट खाका ल्याउने तयारी गरिरहेको छ, जुन स्वागतयोग्य कदम छ । साथै, यो योजनाको दिगो सफलताको लागि छिमेकी पालिकाहरूको सहभागिता र जिम्मेवारी बाँडफाँट पनि आवश्यक छ ।