खाेज्नुहाेस

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज धीरबहादुर चन्द कुटिएका छन् । चन्दमाथि चौकी नजिकै दिनदहाडै कुटपिट एवं आक्रमण भएको हो । सामान चेकजाँचको क्रममा चन्दमाथि आक्रमण भएको बताइएको छ । स्थानीय हार्डवेयर पसल संचालक तथा तस्करीसँग संलग्न रहेको आरोप लागेका राहुल रानाको समूहले चन्दमाथि कुटपिट गरेको हो ।

उनीहरूको बिचमा सामान चेकजाँचको क्रममा विवाद सुरु भएको थियो । विवादको क्रममा राना समूहले प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात गरेका हो । घटनापछि चौकीमा तनावको स्थिति सिर्जना भएको थियो । यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले तस्करविरुद्ध कानुनी कारबाही गरिने बताएका छन ।

add everest academy
attariya hospital