खाेज्नुहाेस

डोटीको शिखर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Image

डोटी – डोटीको शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोप, सुनिश्चित भविष्य’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो । जिल्ला समन्वय समिति डोटीका प्रमुख तथा खोप समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरे । पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख सिंहले नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरलाई हस्तान्तरण गरेका थिए ।

स्थानीय तहका स्वाथ्य कर्मचारीहरुले जनताको जीवन रक्षाका लागि अहम भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै सिंहले स्वाथ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे ।

attariya hospital

नगरप्रमुख बलायरले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै नगर सरकारले स्वाथ्य क्षेत्रमा भरिपूर्ण लगानी गर्न अभियान सञ्चालन गर्न तत्पर रहेको बताए ।

navjiwan hospital

नगरपालिकाले २०८१ चैत्र मसान्त सम्ममा १६ देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सम्पूर्ण खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको नगर उप–प्रमुख सुनिता रावल जोराले बताइन् ।

राज्यको खोज र खोप नीति अनुरुप विभिन्न तथ्याङ्क र सूचकहरु पूरा गरेर नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

नगरका ११ वटै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हरिशचद्र शाहले बताए ।

नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए÷नपाएको यकिन गर्ने, खोप लगाउन छुटेको पाइएमा खोप दिने व्यवस्था गरेको छ ।