खाेज्नुहाेस

आज पनि खुलेन डीडीसीको तालाबन्दी, हाकिम कार्यालयमै आएनन

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध वितरण आयोजना (डीडीसी) को कार्यालयमा गरिएको तालाबन्दी यथावत् रहेको छ । डीडीसीलाई अत्तरियामै रोक्न गठन गरिएको दुग्ध विकास संस्थान संरक्षण सङ्घर्ष समितिले आज कार्यालय प्रमुख निरञ्जन भट्टराइलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यक्रम राखेको भएपनि उनी कार्यालयमै नआएपछि तालाबन्दी पनि यथावत रहेको हो ।

बिहिबार देखि तालाबन्दी यथावत रहेको भएपनि ताला खुलाउन कुनै पनि निकायले चासो दिएको छैन । स्थानीयले डीडीसी नसार्ने लिखित प्रतिवद्धता नजनाउँदा सम्म तालाबन्दी नखोल्ने र हाकिमलाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन ।

attariya hospital
navjiwan hospital

डीडीसीलाई अत्तरियामै रोक्न गठन गरिएको दुग्ध विकास संस्थान संरक्षण सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले आज कार्यालयमा हाकीम नआएकाले कुनै छलफल नभएको बताए । उनले डीडीसी नसार्ने लिखित प्रतिवद्धता नजनाउँदा सम्म तालाबन्दी जारी रहने बताए ।

यसअघि डीडीसी धनगढी सार्ने सम्झौता गरे पनि कागजात नदेखाएको भन्दै स्थानीयले बिहिबार कार्यालय प्रमुख भट्टराइलाई एक घण्टा कार्यकक्षमै थुनेका थिए । त्यसपछि गरिएको तालाबन्दी हाल सम्म पनि यथावत् रहेको छ ।