खाेज्नुहाेस

डोटीमा विद्युत सर्ट हुँदा घरमा आगलागी

Image
navjiwan hospital

डोटी – डोटीमा एक घरमा आगलागी भएको छ । शिखर नगरपालिका–६ कोट गाउँमा शनिबार दिउँसो आगलागी हुँदा एक घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गणेशबहादुर बलायरको दुईतले चारकोठे ढुङ्गा–माटोले बनेको घरमा दिउँसो करिब पौने ३ बजे विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट घरको माथिल्लो तलाको एक कोठामा रहेका लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन, काठका फर्निचर जलेर नष्ट भएका छन् । स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागीबाट अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

attariya hospital