काठमाण्डौं – सरकारले ५ वर्षमा ६८७ जना सुत्केरीलाई दुर्गम क्षेत्रबाट हेलिकोप्टरमार्फत उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि उक्त संङ्ख्यामा सुत्केरीको उद्दार गरिएको हो ।

सो अवधिमा सुत्केरीको उद्दार गर्दा १९ करोड ६६ लाख खर्च भएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । उनले दुर्गमबाट सुत्केरी उद्धार गर्दा मातृ मृत्युदर घट्नुका साथै जनतामा सकारात्मक सन्देश गएको जानकारी दिए ।

यो कार्यक्रम १९ जिल्लामा पूर्ण रूपमा र २९ जिल्लामा आशिक रूपमा लागु गरिएको छ । यसरी उद्धार गर्दा प्रतिमहिला औसतमा २ लाख ३५ हजार ६३० रुपियाँ खर्च लाग्ने मन्त्रालयको आकलन छ। प्रायः दुर्गमबाट सुत्केरी नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार हुँदै आएको छ।
आगामी आवको नीति तथा कार्यक्रममा राष्ट्रपति महिला उत्थान कार्यक्रम संशोधन गरेर ‘राष्ट्रिय महिला उत्थान कार्यक्रम मात्रै बनाइएको छ।













