खाेज्नुहाेस

डीडीसी अन्त नजाओस्

Image

कैलालीको अत्तरियामा २०६७ मा दुग्ध विकास संस्थान (डीडीसी) स्थापना भएको हो । कैलाली कञ्चनपुरका किसानहरूको सहजताका लागि स्थापना गरिएको डीडीसीले हाल कैलाली सहित कञ्चनपुर र डडेल्धुराको आलितालका गरी करिब ६ हजार किसानको दूध सङ्कलन गर्दै आएको छ । यस्तै उत्पादित दुग्धजन्य पदार्थ दिपायल, डडेल्धुरा, अत्तरिया, धनगढी, टीकापुरमा बिक्री गर्दै आएको छ ।

डीडीसी अत्तरियामा प्रत्यक्ष रूपमा ३० जना ९१६ जना करार, १४ जना स्थायी० ले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा यसबाट लाभ लिनेको सङ्ख्या हजार बढी रहेको आकलन गरिन्छ । करिब १५ वर्ष अघि स्थापना भएको डीडीसीको क्षेत्र विस्तार गर्न आवश्यक भएको भन्दै जग्गा खोजीको प्रक्रिया थालिएको छ । जसले गर्दा अत्तरियामा रहेको डीडीसी गोदावरी क्षेत्रमा जग्गा नपाइएको भन्दै धनगढी उपमहानगरपालिका – १५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमाका सार्ने प्रक्रिया अगाडि बढाइएको छ ।

attariya hospital
navjiwan hospital

डीडीसीलाई गोदावरीमै राख्नका लागि जग्गा खोज्ने कामले अझै सार्थकता पाउन सकेको छैन । पहिलो पटक अत्तरियामा जग्गा नपाइएको भन्दै डीडीसीलाई धनगढी सार्ने कुरा बाहिरिएपछि पुस १६ गते स्थानीयले डीडीसी कार्यालयमा पुगेर विरोध जनाएका थिए । त्यसको भोलिपल्ट अत्तरियामै जग्गा खोज्ने भन्दै गोदावरी नगरपालिकाका नगरप्रमुखको नेतृत्वमा बसेको बैठकले जग्गा खोज्ने कार्यदल गठन गरेको थियो । त्यसपछि डीडीसीका लागि अत्तरियामा जग्गा खोज्न विभिन्न प्रयास गरिएको बताइए पनि अहिले सम्म त्यसले सार्थकता पाउन नसकेको हो ।

पछिल्लो पटक डीडीसीको जग्गा खोजीका लागि यस क्षेत्रका प्रदेश सांसद देखि मन्त्री सम्मले स्थलगत अवलोकन गरिसकेका भए पनि जग्गाको टुङ्गो भने लगाउन सकेका छैनन् । कार्यदलले यसबिचमा हाल डीडीसी रहेको कृषि उपज थोक बजार सँगै जोडिएको चाहना सामुदायिक वन, दिव्य रोजिन एन्ड टर्पेन्टाईनको जग्गा डीडीसीलाई दिने विषयमा छलफल अगाडी बढाएको भए पनि जग्गा हस्तान्तरण गर्ने कामका लागि भने समय लाग्ने बताइन्छ । यसबिच डीडीसीका लागि जग्गा खोजी गरिरहँदा पनि भित्रभित्रै सार्ने तयारी चलिरहेको भन्दै नगरपालिकाले डीडीसीका कार्यालय प्रमुख निरञ्जन भट्टराई सँग छलफल गरेको छ ।

डीडीसीले किसानहरूको मात्रै नभई सोबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ लिएका हजारौँ परिवारको जीविकोपार्जनमा सहजता ल्याइरहेको छ । अत्तरिया क्षेत्रमा रहेको डीडीसीलाई धनगढी सारिदा यहाँ रोजगारी गरिरहेका श्रमिकहरूको रोजगारीमा समस्या आउन सक्छ भने किसानहरूले पनि झमेला बेहोर्नुपर्ने हुन सक्छ । त्यति मात्रै नभई डीडीसीको क्षमता र कार्यक्षेत्र विस्तार भए अझै यहाँका जनताहरूले प्रत्यक्ष रूपमा रोजगारी पाउन सक्छन् । तसर्थ करिब १५ वर्षअघि अत्तरियामै स्थापना गरिएको डीडीसीलाई अन्त जान दिनु हुँदैन । जग्गाको अभावका कारण बाहिर सार्न लागिएको डीडीसीका लागि तत्काल जग्गा खोजी गर्ने तथा डीडीसीलाई स्थायी रूपमा स्थापना गर्ने कुरामा ध्यान दिइनुपर्दछ ।