खाेज्नुहाेस

गोदावरी नगर स्तरीय मेयर कपको उपाधि आयोजक सितापुर युवा क्लबलाई

Image
अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–१० मा आयोजित तेस्रो नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक न्यू सितापुर युवा क्लबले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा अत्तरियाको जिएसएम नाइट राइडर्सलाइ ७ विकेटले पराजित गर्दै आयोजक न्यू सितापुर युवा क्लब (ए) ले उपाधि हात पारेको हो ।
attariya hospital
टस जितेर ब्याटिङ रोजेको जिएसएम ले १४ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्रै बनाउन सक्यो । जिएसएमका कुनै पनि खेलाडीहरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आयोजक टिमका खेलाडीहरूले उत्कृष्ट बलिङ गर्दा जिएसएम धराशायी बन्न पुगेको थियो । आयोजक टिमका खेलाडी हरिसले ३ तथा मदन र पारसले २/२ विकेट लिए । ५१ रनको विजयी लक्ष्य पछ्याएको आयोजक टिमले ९.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि पारस शाहले अविजित रहँदै १७ र टेक रावतले अविजित रहँदै १५ रन बनाए । बलिङमा जिएसएमका विपिन धामीले २ तथा प्रवेश क्षेत्रीले १ विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजक टिमका खेलाडी पारस शाह म्यान अफ दी म्याच घोषित भए ।
maya metro hospital
navjiwan hospital
उपाधि जितेसँगै आयोजक न्यू सितापुर युवा क्लबले नगद रु। १ लाख १ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको जिएसएम नाइट राइडर्सले नगद रु। ५१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
Karma Consultancy
प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गरेका न्यू सितापुर युवा क्लबका खेलाडी पारस शाह प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले नगद रु। २ हजार १०० प्राप्त गरे । यस्तै प्रतियोगिताभर सबैभन्दा बढी १६ विकेट लिएका जिएसएम नाइट राइडर्सका खेलाडी भोज राज भट्टराई बेस्ट बलर तथा सबैभन्दा बढी २१४ रन बनाएका मष्टाबण्डली युवा क्लबका खेलाडी अर्जुन पार्की बेस्ट ब्याट्सम्यान घोषित भए । उनीहरू दुवैले समान नगद रु। १ हजार ५०० प्राप्त गरे । प्रतियोगितामा आयोजक टिमका खेलाडी सुमित पार्कीले राईजिङ प्लेयर घोषित हुँदै नगद रु। १ हजार १०० प्राप्त गरे ।
बिहीबार एक औपचारिक कार्यक्रमका बिच विजेता सम्पूर्णलाई पुरस्कार वितरण गरिएको थियो । आयोजक न्यू सितापुर युवा क्लबका अध्यक्ष श्याम स्वाँरको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) रहेका थिए भने विशिष्ट अतिथिमा वडा नं. ११ का वडाध्यक्ष प्रेम बडैला र वडा नं. १२ का वडाध्यक्ष भीम बहादुर खड्का रहेका थिए । कार्यक्रममा प्रतियोगितालाई भव्य रूपमा सम्पन्न बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो ।