खाेज्नुहाेस

संस्कार कृकेट समूह चरणका खेल सम्पन्न, साेमबार देखि सेमिफाईनल खेल हुँदै

Image

धनगढी – धनगढीमा जारी टिम इलाभेन संस्कार क्रिकेट लिग २०८१ अन्तर्गत आइतबार सम्पन्न खेलमा उत्तर त्रिशुल र सायल गाउँपालिका विजयी भएका छन्। आईतबार भएका दुई खृल संगै समूह चरणकाे समिमरण पूरा भएकाे छ ।

आइतबार सम्पन्न पहिलो खेलमा संस्कार विद्याश्रमलाई दुई विकेटले पराजित गर्दै उत्तर त्रिशुल विजय भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको संस्कार विद्याश्रमले १९ दशमल ४ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन जोडेको थियो । संस्कार विद्या आश्रमका लागि विशाल बिष्टले २३ रन जोडेका थिए। बलिङ तर्फ उत्तर त्रिशुलका प्रवेश शाहले चार विकेट लगे।

attariya hospital

जवाफी ब्याटिङ गरेको उत्तर त्रिशुल धनगढी-४ ले १७ दशमलव तीन ओभरमा आठ विकेट गुमाएर १ सय १९ रन बनाउँदै जित हासिल गरेको हो। संस्कारका लागि अनिल राउतले पाँच विकेट लगे पनि टिमलाई जित दिलाउन सकेनन् ।

आइतबार नै सम्पन्न अर्को खेलमा आवर ड्रिम सक्सेस ट्रेनिङ सेन्टरलाई १० विकेटले पराजित गर्दै सायल गाउँपालिका विजयि भएकाे छ ।

navjiwan hospital

टस जितेर पहिला ब्याटिङ गरेको आवर ड्रिम १६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय रनमा समेटिएको थियो। आवर ड्रिमलाई कम स्काेरमा राेक्न सायलका राजेन्द्र बहादुर बमले चार विकेट लगे ।

maya metro hospital

एक सय १ रनको लक्ष्य सायल गाउँपालिकाले विना विकेट पूरा गरेकाे हाे । १३ दशमलव दुई ओभर खेल्दै सायलका लागि सुरुवाती ब्याट्सम्यान सचिन साउदले ३४ र मनिस थापा ५३ रनकाे अविजित पारी खेलेका थिय ।

संस्कार विद्याश्रम गाेदावरी नगरपालिका-८ स्याउलेकाे आयाेजनामा बैशाख ३ गते देखि सुरू भएकाे प्रतियाेगितामा साेमबार देखि सेमिफाईनल चरणका खेल हुनेछन् ।

Karma Consultancy

आयाेजकका अनुसार साेमबार नेपाल वेष्ट्रन एकेडेमि धनगढी र नारायण स्पाेर्ट एकेडेमि विच पहिलाे सेमिफाईनल हुने छ भने सायल गाउँपालिका डाेटी र युथ अफ टीकापुर विच दाेश्राे सेमिफाईनल खेल हुने छ ।

प्रतियाेगिताकाे फाईनल खेल बैशाख ९ गते (मंगलबार) हुने छ ।
प्रतियाेगिता विजेताले नगद १ लाख ११ हजार १११ नगद सहित ट्रफि प्राप्त गर्ने छ । यसैगरी उप विजेताले ५५ हजार ५५५ रूपैया नगद सहित आकर्षक ट्रफि पाउने छ ।