अत्तरिया– नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लछिराम आचार्यले विर बहादुर चोखाल नेतृत्वको टिममा माओवादीको समर्थन र सहभागिता रहेको बताएका छन ।

यही वैशाख ११ गते हुन गैरहेको कैलालीको गौरीगंगा नगरपालिका– ६ मा रहेको बाह्रबन साझेदारी बन व्यवस्थापन समुहको निर्वाचनमा कांग्रेसको आधिकारीक उम्मेदवार घोषणाको बारेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन ।

उनले कांग्रेसको आधिकारीक उम्मेदवारका रुपमा रहेका चोखालको टिममा माओवादी केन्द्रले पनि सहभागिता जनाएको बताए । ‘आसन्न बाह्रवन साझेदारी बनको निर्वाचनमा विर बहादुर चोखाल नेतृत्वको टिममा माओवादी केन्द्रको पनि प्रत्यक्ष सहभागिता र समर्थन छ’ उनले भने ‘यो हाम्रो समावेशी र साझा टिम हो ।’