खाेज्नुहाेस

अफगानिस्तानसँगको खेल वर्षाले रद्द, विश्वकपमा छनोट हुन असफल बन्यो नेपाल

Image

आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल रद्द भएको छ।

navjiwan hospital

शनिबारको निर्णायक खेल वर्षाका कारण रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । खेल हुन नसकेपछि दुवै टिमले समान अंक बाँडेका छन् ।

attariya hospital

समूह चरणमा नेपाल र अफगानिस्तानले ३/३ खेल जितेर ६ अंकल बटुलेका थिए । आजको खेलमा अंक बाँडिँदा ७/७ अंक भए पनि नेट रनरेटका आधारमा अफगानिस्तान विश्वकपमा छनोट भएको हो ।

नेपालले यूएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनले पराजित गरेको थियो ।