खाेज्नुहाेस

एमाले सुदूरपश्चिमका दल नेता रावलले फिर्ता गरे सरकारी गाडी

Image
file photo

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले प्रयोग गर्दैै आएको सरकारी गाडी फिर्ता गरेका छन् । पूर्व मुख्यमन्त्री समेत रहेका रावलले बुधबार आफूले प्रयोग गर्दै आएको गाडी प्रदेश सरकारलाई नै फिर्ता गरेको बताएका हुन् ।

navjiwan hospital

गाडी फिर्ता गर्दै रावलले प्रदेश सरकारले सत्तापक्षीय दलको नेताको हैसियतमा उपलब्ध गराएको सुविधा अन्तरगत गाडी प्रयोग गरेको बताए । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा सत्तापक्षीय संसदीय दलका नेतालाई गाडी सुविधाको व्यवस्था गरेका कारण लिएको दाबी गरे ।

attariya hospital

तर उक्त ऐनमा भएको प्राविधिक त्रुटीका संशोधन गर्न बाँकी रहेको अवस्थामा सरकारकै आग्रहमा गाडी प्रयोग गरेको तर आफूलाई गाडी आवश्यक पर्छ भनेर कसैलाई दबाब नदिएको बताएका छन ।