धनगढीमा आयोजित हाफ म्याराथनको उपाधि खडकालाई

धनगढी – कैलालीको धनगढी जेसिजले आयोजना गरेको ‘अब धनगढी दौडन्छ’ चैतन्य धनगढी हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खडकाले हात पारेका छन् ।

Karma Consultancy

नयाँ वर्षको अवसरमा आयोजना गरेको ११ औँ सस्करणको हाफ म्याराथनको उपाधि खडकाले हात पारेका हुुन ।

citizen security services

उनले निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी १ घण्टा ३ मिनेट २१ मिनेटमा पार गर्दै उपाधि जितेका हुन । त्यस्तै निर्धारित दुरी पार गर्दै नेपाली सेनाकै राजन रोकाया (१ः०६ः७) र सेनाकै नरेन्द्र सिंह रावत (१ः१०) क्रमशः दोस्रो र तेस्रो भए । उपाधि सँगै खड्काले नगद ७५ हजार प्राप्त गरे ।

attariya hospital

उपविजेता रोकायाले नगद ५० हजार र रावतले नगद २५ हजार प्राप्त गरे । त्यस्तै कर्पोरेट तर्फको ५ किलोमिटर दौडमा महिला तर्फ लक्ष्मी भट्टले प्रथम भइन् । त्यस्तै कमला बडुवाल र शान्ता वलि क्रमशः दोस्रो र तेस्रो भए । त्यस्तै पुरुष तर्फ विक्रम पार्की प्रथम भए । त्यसैगरि द्वितीय देवेन्द्र चन्द र तेस्रो चन्द नाथ भए । कर्पोरेट तर्फ महिला र पुरुष बिजेताले क्रमशः ७ हजार ५ सय, ५ हजार र २ हजार ५ सय नगद हात पारे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.