खाेज्नुहाेस

दुर्गालक्ष्मीको स्वर्ण महोत्सवमा ३ जना शिक्षक सम्मानित

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविका ३ जना शिक्षक सम्मानित भएका छन । शुक्रबार सम्पन्न विद्यालयको स्वर्ण महोत्सवमा सोही विद्यालयमा अध्यापन गराउदै आएका शिक्षकहरु गगनराज भट्ट, महेश्वर भट्ट र तपराज ओझा सम्मानित भएका हुन ।

navjiwan hospital

उनिहरुलाई शिक्षण सेवाका उत्कृष्ट कार्य गरेवाफत सम्मानित गरिएको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले जानकारी दिए । विद्यालयमा शिक्षण सिकाईमा तिनै जना शिक्षकहरुले उत्कृष्ट कार्य गरेको उनले बताए । उनले शिक्षकहरुले गरेको कार्यको सम्मान गरिएको बताए ।

add everest academy
attariya hospital

विद्यालयमा ८२ जना शिक्षकशिक्षिकाहरुले अध्यापन गराउदै आएका छन । तर स्वर्ण महोत्सवको अवसरमा पनि उत्कृष्ट कार्य गर्ने ३ जनालाई मात्रै सम्मानित गरिएको हो । यस्तै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विद्यालयलाई सहयोग गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको प्रधानाध्यापक जोशीले बताए ।

विद्यालयले स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा यही चैत २७ गतेदेखी २९ गतेसम्म स्वर्ण महोत्सव आयोजना गरेको थियो ।