खाेज्नुहाेस

धनगढीको स्वस्तिक हस्पिटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

Image

अत्तरिया– कैलालीको धनगढीमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा.लि. नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । आईतबार सञ्चालक समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ व्यवस्थापनका साथ हस्पिटल सञ्चालनमा आउन लागेको जानकारी दिएको हो ।

हस्पिटलका अध्यक्ष दिपेन्द्र तिवारीले अस्पतालले भरखरै १०० शैय्याको अनुमती पाएकाले नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएको बताए । ‘यसअघि १५ बेडबाट सुरु गरेको अस्पताल अहिले १०० शैय्याको अनुमती पाएको छ’ उनले भने ‘अब अस्पताललाई नयाँ व्यवस्थापनका साथ सुरु गरिरहेका छौ ।’

attariya hospital
navjiwan hospital

तिवारीले सेवाग्राहीलाई सहजता प्रदान गर्न नयाँ प्रविधि र दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको बताएका छन । अस्पताल सेवाप्रविधि तथा भौतिक पूर्वाधारमा सुदूरपश्चिमकै अग्रणी र अत्याधुनिक स्थानमा रहेको समेत उनले बताए । पत्रकार सम्मेलनमा अस्पतालका सेवासुविधाहरुका बारेमा समेत जानकारी गराईएको थियो ।

अध्यक्ष तिवारीका अनुसार अस्पतालमा २४ घण्टै इमर्जेन्सी सेवा, जनरल मेडिसिन विशेषज्ञ सेवा, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, हाडजोर्नी, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा सौन्दर्य रोग विशेषज्ञ सेवा, मुटुरोग विशेषज्ञ सेवा, रेडियोलोजी विशेषज्ञ सेवा, नाक, कान, घाटी रोग विशेपज्ञ सेवा, डेन्टल केयर विशेषज्ञ सेवा, फिजियोथेरापी सेवा, प्रयोगशाला, एक्सरे तथा अल्ट्रासाउण्ड सेवा, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी विशेषज्ञ सेवा, युरो सर्जरी विशेषज्ञ सेवा, न्युरो सर्जरी विशेषज्ञ सेवा लगायतका सेवाहरु उपलब्ध रहेका छन ।

त्यस्तै उच्चस्तरीय प्रविधि जडित शल्यक्रिया कक्ष, आईसीयू, एनआईसीयू तथा प्रसूति कक्षको व्यवस्था गरिएको, गुणस्तरीय औषधि र अनुभवी फर्मासिस्ट सहितको फार्मेसीको व्यवस्था रहेको समेत उनले बताए । अस्पतालमा विभिन्न विश्वविद्यालय एवम् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) वाट सम्बन्धन लिई आगामी शैक्षिक सत्रवाट नर्सिङ तथा अन्य मेडिकल कोर्सहरूको पढाइ गरिने अध्यक्ष तिवारीले बताए ।