रेखा खड्का, अत्तरिया – एनसेल नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी फुटबल क्लबले गृह नगरमा आफ्नो समर्थका लागि फ्यान पार्कको व्यवस्था गर्ने भएको छ । नेपाली फुटबलको फ्रेन्चाइज प्रतियोगिता एनएसएलको तेस्रो संस्करण शनिबार शुरु हुदैंछ । धनगढीले चैत्र १९ गते मंगलबार बुटवल लुम्बिनीसाग खेलेर प्रतियोगिताको प्रारम्भ गर्दैछ ।

गृहनगरमा रहेका धनगढी एफसीका समर्थकहरुले धनगढी स्थित पार्क मोडमा गएर ठुलो स्क्रिनमा आफ्नो टोलीको खेल हेर्न पाउने भएको छ । धनगढी एफसीले धनगढी उपमहानगरपालिकासाग मिलेर पार्क मोडमा फ्यान पार्क निर्माण गर्न लागेको हो ।

धनगढी उपमहानगरपालिकासागको सहकार्यमा फ्यान पार्कको व्यवस्था गर्न लागिएको धनगढी एफसीका सुवास शाहीले बताए । उनका अनुसार फ्यान पार्कमा म्युजिक कार्यक्रम, फुड स्टल र फ्यान कन्टेस्ट पनि राखिने छ ।
‘