खाेज्नुहाेस

नवनियुक्त गेटा अस्पतालका निर्देशकद्धारा पदभार ग्रहण

Image
navjiwan hospital

अत्तरिया – गेटा अस्पतालका नवनियुक्त निर्देशक डा. प्रमोद यादवले पदभार ग्रहण गरेका छन । बुधबार उनले अस्पतालको निर्देशकमा पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण गर्दै उनले अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गर्ने बताए । उनले अस्पतालमा सञ्चालनमा रहेका इमर्जेन्सी, इन्डोर र शल्यक्रिया सेवालाई थप सुदृढीकरण गर्ने बताए ।

गत बिहीबार डा. यादव गेटा अस्पतालको निर्देशकमा नियुक्त भएका थिएँ । उनीसँग यसअघि राष्ट्रिय ट्रमा सेन्टर र जनकपुर अस्पतालको मेसु भएर काम गरेको अनुभव छ । पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहीन थियो । तत्कालीन निर्देशक डा. अशोक सिर्पाइलीले व्यक्तिगत कारण देखाउँदैं राजीनामा दिएपछि मन्त्रालयले गेटामा दुई महिनापछि नयाँ निर्देशक नियुक्त गरेर पठाएको हो ।

attariya hospital