खाेज्नुहाेस

अब धनगढी दौडिन्छ’ को ११ औं संस्करणको तयारी सुरु

Image

धनगढी – नयाँ वर्षको अवसरमा आयोजना हुने ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको ११ औं संस्करणको तयारी सुरु भएको छ। धनगढी जेसिजले पत्रकार सम्मेलन गर्दै आगामी बैशाख १ गते हुने प्रतियोगिताका लागि तयारी तीव्र बनाएको जानकारी दिएको छ।

navjiwan hospital

सन् २०१४ देखि नियमित आयोजना हुँदै आएको यो प्रतियोगिता नेपाल एथलेटिक्स संघबाट १० औं संस्करणदेखि स्वीकृत प्राप्त गरिसकेको छ। प्रतियोगितामा हाफ म्याराथन विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। धनगढी रंगशालाबाट सुरु हुने म्याराथन मनेहरा पुल हुँदै पुनः रंगशालामा समापन हुनेछ।

attariya hospital

यसैगरी, प्रतियोगिता अन्तर्गत महिलातर्फ, कर्पोरेट तथा सञ्चार क्षेत्रका लागि ५ कि.मि. दौड पनि हुनेछ। विजेताले ७ हजार ५ सय, उपविजेताले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन्।

खेलकुदको माध्यमबाट युवालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागिता रहनेछ। गत वर्षको हाफ म्याराथनमा मुकेशबहादुर पालले २१ कि.मि. दूरी १ घण्टा ७ मिनेट ५७.३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका थिए।